१ सय ६४ बिगाहा जमिनमा गरिएको अफिम खेती नष्ट
प्रहरीले मकवानपुरका विभिन्न स्थानमा लगाइएको अफिम खेती नष्ट गर्ने अभियान थालेको छ । प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको संयुक्त प्रहरी टोलीले मकवानपुरका विभिन्न क्षेत्रमा लगाइएको लागू औषध अफिम खेती नष्ट गर्ने अभियान थालेको हो ।
प्रहरीले दैनिकजसो अभियान नै चलाएर अफिम खेती नष्ट गरे पनि उत्पादनमा भने वर्षेनी बढ्दो क्रममा रहेको छ । पछिल्लो समय मकवानपुरमा अफिम खेती लगाउनेतर्फ आकर्षण बढेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाँजा उत्पादन र ओसारपसारमा अगाडि रहँदै आएको मकवानपुरको राक्सिराङ, कैलाश र बकैया गाउँपालिका क्षेत्रमा अफिम खेती प्रति आकर्षण बढेको पाइएको हो ।
अफिम उत्पादन गर्न सहजमा सहज भएकाले पनि यसतर्फ आकर्षण बढेको प्रहरीको भनाई छ । अफिम बिक्री वितरण गर्न पनि सहज रहेको र महँगो मूल्य पाउने भएकाले यसतर्फ आकर्ष बढ्न थालेको हो ।
तीन दिनमा १ सय ६४ बिगाहाको अफिम खेती नष्ट
प्रहरीले ३ दिनमा मकवानपुरको विभिन्न स्थानको १ सय ६४ बिगाहा क्षेत्रफलमा लगाइएको लागू औषध अफिम खेती नष्ट गरेको छ । प्रहरीले गत सोमबारदेखि सुरु गरेको अफिम खेती नष्ट गर्ने अभियान अन्तर्गत बुधबारसम्म पनि जारी राखेको थियो ।
प्रहरीले अफिम खेती नष्ट गर्न प्रत्येक दिन ६३ जना कर्मचारीहरु खटाएको थियो । प्रहरीले गत बुधबार पनि मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाको विभिन्न क्षेत्रमा लगाइएको अफिम खेती फडानी गरेर नष्ट गरेको छ ।
गत बुधबार राक्सिराङ गाउँपालिकाको वडा नम्बर–४, ५, ७, ८, ९ र कैलाश गाउँपालिकाको वडा नम्बर–४, ७, ८ लगायत वडामा ९० बिगाहा क्षेत्रफलमा लगाइएको अवैध लागुऔषध अफिमको खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै प्रहरीले गत मंगलबार ३५ बिगाहा क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको थियो । प्रहरीले राक्सिराङ गाउँपालिका–४ अन्तर्गत चौकीटार, मादल सिंह, कैलाश–४ अन्तर्गत बिलौनी, कैलाश–७ अन्तर्गत बिलासी, ताम्लाङ र कैलाश–८ अन्तर्गत रुपलाङ, डुडलुङलगायत वडा क्षेत्रमा लगाइएको ३५ बिगाहा क्षेत्रफको अफिम खेती नष्ट गरेको थियो ।
त्यस्तै प्रहरी टोलीले गत सोमबार पनि ३९ बिघा अफिम खेती नष्ट गरेको थियो। प्रहरीले राक्सिराङ–४ को मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा, ५ नम्बर वडाको बमकिङ, लाफरलगायत क्षेत्रमा लगाइएको लागू औषध अफिम खेती नष्ट गरेको थियो । प्रहरीले सो क्षेत्रमा लागाइएको २८ बिगाहा क्षेत्रफलको अफिम खेती नष्ट गरेको थियो ।
त्यस्तै प्रहरीले सोमबार नै मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–६ को ज्यामिरे, मोरङगेढाप लगायतका क्षेत्रमा ११ बिगाहा क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको थियो ।
होलीको बिदाका कारण २ दिन अभियान रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार अफिम खेती नष्ट गर्ने अभियान जारी रहने छ भने त्यसका लागि कार्ययोजना पनि तयार पारिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म