डेपुटी गभर्नर मिश्र भन्छन् : बैंकका कर्मचारीहरुको वृद्धि विकासमा ध्यान दिनुपर्छ
राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको क्षमता विकासका लागि संस्थाले विशेष ध्यान दिनुपर्ने बताएका छन् । हालैमात्र सम्पन्न डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल एओटिएस र बैंकिङ एण्ड इन्स्योरेन्स म्यानेजमेन्टको संयुक्त पहलमा ‘संस्थामा कर्मचारीहरुको संलग्नता कसरी बढाउने’ भन्ने विषयमा आयोजित तीन दिने अन्तर्राष्ट्रिय वेबिनारमा डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् ।
वित्तीय क्षेत्रमा कर्मचारीहरुको संलग्नता बढाउनका लागि सम्बन्धित संस्थाले कर्मचारीको ज्ञान र सीप बढाउनका लागि विशेष ध्यान दिनुपर्नेमा उनले बताए । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष पोखरेलले बिकास बैंकका कर्मचारीहरुको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नका लागि एसोसियसनले समय समयमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको उल्लेख गर्दै कोरोनाको प्रभाव घट्दै गएपछि भौतिक उपस्थितिमा पुनः विभिन्न कार्यक्रम गर्ने योजना रहेको उल्लेख गरे ।
बैंकिङ एण्ड इन्स्योरेन्स म्यानेजमेण्टका बैंकिङ परामर्शदाता बीएन घर्तीले ग्राहक र कर्मचारी सन्तुष्टिका सम्बन्धमा बेला–बेलामा प्रश्न उठ्ने गरेको, मर्ज भएका संस्थामा कर्मचारी बीचको सम्बन्धमा कहिलेकाँही तिक्तता आएका घटना सुनिने गरेको र समग्रमा उत्पादकत्व बढाउनका लागि कर्मचारी संलग्नता बढाउनुपर्ने आवश्यक्ता देखिएकाले विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा बैंकिङ उद्योगलाई टेवा दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम आयोजना गर्नका लागि ‘एशोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेसन एण्ड सस्टेनेवलपार्टनरसिप, जापान’, ‘वल्र्ड नेटवर्क अफ् फ्रेण्डसिप’ तथा ‘जापान श्रीलंका टेक्निकल एण्ड कल्चरल एशोसियसन’ले सहयोग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से घट्यो, साढे ८ अर्बको कारोबार
-
उद्योगसँग सम्बन्धित ऐन, कानुन र नीतिहरू लगानीमैत्री बनाउँछौँ : मन्त्री भण्डारी
-
न्यायाधीश नियुक्तिमा किन ढिलाइ गरिरहेका छन् प्रधान न्यायाधीश राउत ?
-
थप कानुनहरु संशोधन गर्दै लगानीको वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल
-
वर्ल्डलिङ्कमा फिनिश सरकारी कम्पनी फिनफण्डको एक करोड युरो लगानी
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन उद्घाटन (तस्बिरहरू)