भेरी नदीमा बेपत्ता बालबालिकाको शव भेटियो

गत शनिबार नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको अस्ती बुधबार र दुईजनाको बिहीबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीकाअनुसार लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुल नजिकै बुधबार शव भेटिएको थियो।
यस्तै भेरीगंगा नगरपालिका–११ का १२ वर्षीय कृष्ण सिंजालीको बिहीबार दिउँसो दिउँसो १ बजे र सोही ठाउँकी १२ बर्षीय गंगा खड्काको बेलुकी पाँच बजेतिर शव भेटिएको हो। दुबै जनाको शव भेरीगंगा नगरपालिका–१३ स्थित भेरी नदी किनारमा भेटिएको हो । घर्तीले भने,‘ बिहीबार भेटिएको दुवै जना बालबालिकाको शव पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा राखिएको छ ।’ उनीहरु गत शनिबार बेलुकी पाँच बजेतिर भेरीगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा बेपत्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप फुटबल : रोमाञ्चक खेलमा एपीएफलाई हराउँदै संकटा क्लब सेमिफाइनलमा
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
-
महाशिवरात्रिका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय
-
डिजिटल अपराधसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुँदै
-
सैनिक मञ्च टुँडिखेलमा सेनाले यसरी मनाउँदैछ सेना दिवस
-
घाइते हुँदै च्याम्पियन्स ट्रफीबाट बाहिरिए इङ्ल्यान्डका तीव्रगतिका प्रभावशाली बलर