हर्षाहा दुर्घटना : प्रभु साहको नाम जोडेकोमा एमाले रौतहटको आपत्ति
मौलापुर नेकपा एमाले रौतहटले जिल्लाको मौलापुर नगरपालिकाले भाडामा लिएर चलाएको स्कार्पियो गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको विषयलाई एमाले स्थायी कमिटी सदस्य प्रभु साहलाई जोडेर बदनाम गर्ने कार्य भइरहेको भन्दै त्यसको विरोध गरेको छ । रौतहट एमाले अध्यक्ष त्रिभुवन साहले शुक्रबार विज्ञप्ति जारी गर्दै घट्नाको सत्यतथ्य पत्ता लगाउन आग्रह समेत गरेका छन् ।
विज्ञप्तिमा मौलापुर नगरपालिकाले विगत ४ वर्षदेखि भाडामा प्रयोग गर्दै आईरहेको नागेन्द्र साहको नाममा रहेको बा १७ च ६१६३ नम्बरको स्कार्पियोबाट मौलापुर नपाकै एकजना कर्मचारीलाई महोत्तरी पुर्याएर फर्किने क्रममा गौर–चपुर सडक खण्डको हर्षाहामा दुर्घटना भएको थियो ।
दुर्घटनामा एकजनाको मृत्यु भएको थियो । ‘सवारी चालकले गुडाइरहेको गाडीबाट दुर्घटना भएको, चालक घटनास्थलबाट तत्काल प्रहरीद्वारा समातिएको विषय जगजाहेर हुँदा समेत काँग्रेस गठबन्धनको इशारामा जिप्रका र जिल्ला प्रहरी कार्यालयको प्रमुख समेत संलग्न रही हाम्रो पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहलाई बदनाम गर्ने गराउने अभिप्रायले प्रेरित भई गरिएको षडयन्त्रप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
साथै दुर्घटनाको ग्रहण अनुसन्धान गरी सत्यतथ्य पता लगाएर पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउनको सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाइको गाडीबाट मान्छे मारिएको भनी मानहानी गर्ने वदनियतपूर्ण कार्यको घोर भर्त्सना पनि एमाले रौतहटले विज्ञप्तिमार्फत प्रस्ट पारेको छ । केही गएराति उक्त दुर्घटना भएको थियो । दुर्घटनामा बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका वर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरिकुमार ठाकुरको ज्यान गएको थियो ।
यस्तो छ विज्ञप्ति :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल र हमासले छोडे १५ महिना लामो युद्ध, आइतबारदेखि पूर्ण युद्धविराम लागू हुने
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार