शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

शुक्रबार, ०४ चैत २०७८, १० : ५५
शुक्रबार, ०४ चैत २०७८

शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो । 

यस्तै, तेजाबी सुनको मूल्य समेत आज अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  तर, यता चाँदीको मूल्य भने आज प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३८५ रुपैयाँ झरेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप