मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मनहरीमा यात्रुवाहक बस पल्टिदा २ जनाको मृत्यु ९ घाइते

शुक्रबार, ०४ चैत २०७८, ०९ : ५७
शुक्रबार, ०४ चैत २०७८

मकवानपुरको मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २ जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्बरको यात्रुवाहक बस मनहरी गाउँपालिका वडा नम्बर–६ सुनाचुरी भुल चोकमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार बस अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली परिचालित भइ उद्दारको काम भइरहेको प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।

उनले तत्काल क्षतिको एकीन गर्न समस्या भएको र बसमा कति यात्रु थिए भन्ने बारेमा पनि जानकारी भइनसकेको बताए । दुर्घटनाको प्रारम्भिक अवस्था र घाइतेको अवस्था बुझ्दा मृतकको संख्या बढ्न सक्ने उनको भनाई छ । घाइते ९ जनाको उद्दार गरी उपचारका लागि चितवन तर्फ पठाइएको उनले बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप