चुनावमा सामाजिक सञ्जालमा के–के गर्न पाइँदैन ?
निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गराएको निर्वाचनसम्बन्धी आचारसंहितामा सामाजिक सञ्जाल प्रयोगबारे स्पष्ट गरिएको छ । आचारसंहिताको परिच्छेद २ अन्तरगत ‘सबैले पालना गर्नुपर्ने आचार’ शीर्षकको व्यवस्थामा दफा ३ बमोजिम व्यक्ति, संस्था, निकाय तथा अधिकारीले विभिन्न आचरणको पालना गर्नुपर्ने भनिएको छ।
जसअनुसार सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने स्पष्ट गरिएको छ । यस्तै निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झूटा साइट र एकाउन्ट सञ्चालन गर्न/गराउन पाइने छैन ।
त्यसैगरी सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पर्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, हेट स्पिच दिने, जस्ता भ्रामक टिकाटिप्पणी गर्न रोक लगाइएको छ भने कुनै प्रयोजनको लागि प्रकाशन वा प्रशारण भएको सूचना सामग्रीलाई तोडमोड गरेर सामाजिक सञ्जालमा शेयर गर्न पनि रोक लगाइएको छ ।
‘कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा त्यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रशारण गर्न वा गराउन नहुने’, पनि आचारसंहितामा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण