चुनावमा उम्मेदवारको बैंक खाता अनिवार्य, आर्थिक सहयोग लिन के छ व्यवस्था ?
आगामी निर्वाचनमा भाग लिने उम्मेदवारको अनिवार्य बैंक खाता चाहिने भएको छ । उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले बिहीबार राजपत्रमा प्रकाशित गरेको निर्वाचनसम्बन्धी आचारसंहितामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवारी अधिकारी पनि तोक्नुपर्नेछ ।
त्यस्ता अधिकारीको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा पेश समेत गर्नुपर्नेछ । यस्तै आर्थिक सहायता पारदर्शिताको लागि पनि आयोगले आवश्यक व्यवस्था गरेको छ । जसअनुसार २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक खाता अनिवार्य गरिएको छ ।
‘२५ हजार रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक तथा वित्तीय संस्थामार्फत गर्ने’, आचारसंहितामा भनिएको छ, ‘व्यक्ति वा संस्थाबाट चन्दाको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाइ दिइ खण्ड (क) वा (घ) बमोजिम उम्मेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्ने ।’
यस्तै आम्दानी तथा खर्चको विवरण प्रचलित कानून बमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्ने पनि आचारसंहितामा भनिएको छ । यस्तै निर्वाचन सम्पन्न भएपछि खर्चको विवरण सार्वजनिक गर्नुपर्ने पनि उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण