बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

ढुंगा लागेर दैलेखमा एक जनाको मृत्यु

बिहीबार, ०३ चैत २०७८, २३ : २७
बिहीबार, ०३ चैत २०७८

दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका ६ वडा कार्यालयका कार्यालय सहयोगी गणेश बहादुर खत्रीको ढुंगो लागेर ज्यान गएको हो ।

बेस्तडा प्रहरी चौकीका अनुसार घर नजिकैको दाडीखोला जंगलमा रुखमा चढेर दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुंगो टाउकोमा लागेको थियो । घाइते भएका खत्रीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप