शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेता श्रेष्ठले भने - एमसीसीबारे निर्वाचनपछि मात्रै बोल्छु

बिहीबार, ०३ चैत २०७८, २२ : ०१
बिहीबार, ०३ चैत २०७८

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीबारे स्थानीय तहको निर्वाचनपछि बोल्ने बताएका छन् । बिहीबार बुटवलमा लुम्बिनी प्रदेश  स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैशाख ३० को निर्वाचनपछि बोल्ने मात्र नभई बहसकै विषय बनाउने बताएका हुन् ।

नेता श्रेष्ठले  पार्टीले निर्वाचनपछि मात्रै एमसीसीको विषय उठाउने भने पछि अहिले आफू यस विषयमा नबोले पनि विमति चाहि रहेको बताए । उनले गुटबन्दी र व्यक्तिवादी राजनीतिले क्रान्तिकारी पार्टी बन्न नसक्ने भन्दै तलदेखि माथिसम्म माओवादी एक ढिक्का हुनु पर्नेमा जोड दिए ।

यस्तै उनले पार्टीमा वैचारिक र सांस्कृतिक विचलन आएको भन्दै यसलाई अभियान नै छेडेर क्रान्तिकारी गतिमा ल्याउनु पर्ने बताए । उनले एमसीसीका कारण पार्टी नेतृत्व विभाजित छ भन्ने बाहिरी हल्लाका पछाडी नलाग्न पनि कार्यकर्तालाई आग्रह गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप