महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन
भारत सरकारको आर्थिक सहयोगअन्तर्गत भोजपुरको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले बिहीबार अस्पताल भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा दूतावासका अधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति थियो । दुई करोड २६ लाखको लागतमा निर्माण गरिएको अस्पतालले भोजपुर र आसपासका अन्य जिल्लाका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा अझ राम्रो पहुँच प्रदान गर्ने बताइएको छ ।
१५ शैय्या क्षमताको अस्पतालमा जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न प्रसूति कक्ष, २४ घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतिक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुकका लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था छ ।
सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् । तीमध्ये भोजपुरका चार गरी प्रदेश नं १ मा जम्मा ७८ वटा परियोजना रहेका छन् । यस अतिरिक्त भारत सरकारले भोजपुरमा हालसम्म तीन एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको दुतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल