स्मार्ट हेल्थ नेपाल एप्लिकेशन सार्वजनिक, ग्याजेटबाटै स्वास्थ्य परामर्श पाइने
स्वास्थ्यबारे जनचेतना जगाउने र जानकारीमूलक सूचना प्रवाह गर्ने उद्देश्यले ‘स्मार्ट हेल्थ नेपाल एप्लिकेशन’ सञ्चालनमा आएको छ । डिजिटल प्रविधिमार्फत नागरिकहरूलाई स्वास्थ्य सरोकारका सबै परामर्श सेवा उपलब्ध एप सञ्चालनमा ल्याइएको यसका संस्थापक अध्यक्ष जीतेन्द्रकुमार थापाले जानकारी दिएका छन्‌ ।
यो एप्लिकेशन आम नागरिकहरूलाई आवश्यक सेवाभित्र पर्ने आम चासोका विषय जस्तै : अस्पताल, चिकित्सक, औषधी, रक्तसेवा दिने निकायलाई प्रभावकारी ढंगबाट सहयोग गर्ने हेतुले सञ्चालनमा ल्याइएको हो । सुविधायुक्त प्रविधिमैत्री एप्लिकेशन रहेको तथा स्वास्थ्य संस्था र बिरामीहरूलाई एक अर्कामा जोड्ने पुलको काम यो एप्लिकेशनबाट निःशुल्क रूपमा हुने कुरा अध्यक्ष थापाले बताएका हुन्‌ ।
स्मार्ट हेल्थ नेपाल एप्लिकेशनमार्फत आमनागरिकले नजिकको अस्पताल, औषधी पसल र एम्बुलेन्स सेवाबारे पनि जानकारी पाउन सक्नेछन्‌ । यो एप्लिकेशन प्रयोग गरी आफ्नो शरीरको उचाइ अनुसारको तौल (बडी मास इन्डेक्स) जानकारी लिन सक्ने पनि बताइएको छ ।
यो एप गुगल प्लेस्टोरमा SMART HEALTH NEPAL या http://bit.ly/3vr38LN मा क्लिक गरी डाउनलोड गर्न सकिनेछ । थप जानकारी लिन ०१–४४४५९६० मा सम्पर्क गर्न सक्ने पनि सञ्चालक कम्पनीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)