बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

स्मार्ट हेल्थ नेपाल एप्लिकेशन सार्वजनिक, ग्याजेटबाटै स्वास्थ्य परामर्श पाइने

बिहीबार, ०३ चैत २०७८, २१ : ३९
बिहीबार, ०३ चैत २०७८

स्वास्थ्यबारे जनचेतना जगाउने र जानकारीमूलक सूचना प्रवाह गर्ने उद्देश्यले ‘स्मार्ट हेल्थ नेपाल एप्लिकेशन’ ​सञ्चालनमा आएको छ । डिजिटल प्रविधिमार्फत नागरिकहरूलाई स्वास्थ्य सरोकारका सबै परामर्श सेवा उपलब्ध एप सञ्‍चालनमा ल्याइएको यसका संस्थापक अध्यक्ष जीतेन्द्रकुमार थापाले जानकारी दिएका छन्‌ ।

यो एप्लिकेशन आम नागरिकहरूलाई आवश्यक सेवाभित्र पर्ने आम चासोका विषय जस्तै : अस्पताल, चिकित्सक, औषधी, रक्तसेवा दिने निकायलाई प्रभावकारी ढंगबाट सहयोग गर्ने हेतुले सञ्‍चालनमा ल्याइएको हो । सुविधायुक्त प्रविधिमैत्री एप्लिकेशन रहेको तथा स्वास्थ्य संस्था र बिरामीहरूलाई एक अर्कामा जोड्ने पुलको काम यो एप्लिकेशनबाट निःशुल्क रूपमा हुने कुरा अध्यक्ष थापाले बताएका हुन्‌ ।

स्मार्ट हेल्थ नेपाल एप्लिकेशनमार्फत आमनागरिकले नजिकको अस्पताल, औषधी पसल र एम्बुलेन्स सेवाबारे पनि जानकारी पाउन सक्नेछन्‌ । यो एप्लिकेशन प्रयोग गरी आफ्नो शरीरको उचाइ अनुसारको तौल (बडी मास इन्डेक्स) जानकारी लिन सक्ने पनि बताइएको छ । 

यो एप गुगल प्लेस्टोरमा SMART HEALTH NEPAL  या http://bit.ly/3vr38LN मा क्लिक गरी डाउनलोड गर्न सकिनेछ । थप जानकारी लिन ०१–४४४५९६० मा सम्पर्क गर्न सक्ने पनि सञ्‍चालक कम्पनीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप