सङ्खुवासभा दुर्घटनामा ज्यान गुमाएका परिवारका लागि क्षतिपूर्तिकाे माग
बिहीबार, ०३ चैत २०७८, २० : ०३

एक हप्ताअघि सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्तिका लागि नेकपा (एमाले) प्रदेश नं १ कमिटीका अध्यक्ष एवं प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले माग गरेका छन् ।
न्यौपानेले मुख्यमन्त्री राजेन्द्रकुमार राईसँगको भेटमा प्रति परिवार १० लाख र घाइतेको निःशुल्क उपचारका लागि माग गरे । पीडितको समस्या छिटोभन्दा छिटो सम्बोधन गर्न उनले आग्रह गरे । गत बिहीबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १५ जनाका परिवार तथा घाइतेलाई प्रदेश सरकारले राहत उपलब्ध गराउन नसकेको भन्दै एमालेले प्रदेश सरकारको आलोचना गरेको छ ।
उक्त दुर्घटनामा १४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा गम्भीर घाइते चारजना अहिले उपचाररत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म