स्थानीय निर्वाचनबारे धारणा बनाउन नेकपाको बैठक बस्दै
बिहीबार, ०३ चैत २०७८, १९ : २८
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुने नेकपाले जनाएको हो ।
बैठकमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र पार्टीको आगामी कार्यदिशाका बारेमा निर्णय गर्ने जनाइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुले निर्वाचन बहिष्कार वा उपयोगमा आफ्नो धारणा राख्ने छन् । नेताहरुको धारणाका आधारमा स्थानीय निर्वाचन बहिष्कार गर्ने वा सहभागी हुने भन्ने निर्णय गरिने नेकपाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण