सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

आंशिकदेखि सामान्य बदलीको सम्भावना

बिहीबार, ०३ चैत २०७८, १९ : ०३
बिहीबार, ०३ चैत २०७८

बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीका कारण  देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले औंल्याएको हो । देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २९  दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम चार दशमलव ६ डिग्री र सबैभन्दा धेरै  भैरहवाको अधिकतम तापक्रम ३३ दशमलव चार डिग्री सेल्सियस रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप