महाशिवरात्रिमा पशुपतिमा सजाइएको फूल गुर्जो अभियानलाई
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र सजाउन प्रयोग गरिएको सयपत्रीको फूल निःशुल्क गुर्जो अभियानलाई हस्तान्तरण गरेको छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र सजाउन विभिन्न दाताले सहयोग गरेको करिब एक टन सयपत्रीलगायत फूल गुर्जो अभियानलाई दिइएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्य आशा पाण्डेले बताइन् । कोषले उपलब्ध गराएको फूलमा अन्य जडीबुटी पनि मिसाएर गुर्जोको धुलो र चिया बनाई देशका विभिन्न भागमा निःशुल्क सेवा गरिने भएको छ ।
गुर्जोलगायत ६० प्रकारका जडीबुटीमा सयपत्रीलगायत फूल पनि उपयोगी हुने भएकाले कोषसँग लिइएको अभियानकर्मी कमलबहादुर राजलवटले बताए । फूलमा अन्य जडीबुटी पनि मिसाएर बनाइने गुर्जोको धुलो र चिया देशभर सञ्चालनमा रहेका गुरुकुलमा लगिने जनाइएको छ । गुरुकुलले चिनी र चियापत्ती मिसिएको चियाभन्दा गुर्जोलगायत जडीबुटीबाट बनेको चिया रुचाएकाले निःशुल्क सेवा गर्न लागिएको अभियानकर्मी राजलवटले सुनाए ।
गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलोले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने भएकाले उपयोगी मानिन्छ । कोरोना र मौसमी फ्लुबाट बच्न गुर्जोको चिया र धुलो सहयोगी हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । गुर्जोलाई संस्कृत भाषामा अमृता भनिन्छ । शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोगी भएकाले यसलाई अमृत अर्थात् अमृता भनिएको होे ।
गुर्जोबाट बनेको चिया र धुलो गर्भवती महिला र छ वर्षभन्दा मुनिका बालबालिकाले भने उपयोग गर्नु हुँदैन । न्यून रक्तचाप भएकाले भने यसलाई बिरेनुन वा नुन राखेर खान सक्ने जनाइएको छ । उच्च रक्तचाप हुनेका लागि भने गुर्जोका परिकार राम्रो मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमाेड गरेको अरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा
-
नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रियासम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने
-
पाँचथरमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
-
यस्तो छ ‘मोहर’मा पलको गेटअप
-
ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले
-
सिक्किममा निश्चललाई स्वर्ण