अमर्यादित तरिकाले होली खेलेको आरोपमा काठमाडौंबाट ४२ जना पक्राउ
उच्छृङ्खल तरिकाले होली खेलेको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट ४२ जनालाई पक्राउ गरेको छ । होली खेल्ने नाममा अमर्यादित गतिविधि गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता (एसपी) सन्तोषसिंह राठौरले रातोपाटीलाई बताए ।
प्रहरीले काँडाघारीबाट १३ जना, सोह्रखुट्टे एरियाबाट ३ जना, न्युरोडबाट १६ जना, दरबारमार्गबाट १ जना र महाराजगन्जबाट ८ जनालाई पक्राउ गरेको छ । स्वयम्भूबाट १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जबर्जस्ती लोला हान्ने, रंग दल्ने र विपरित लिंगीलाई दुव्र्यवहार गर्नेहरु छन् । उनिहरुलाई कसुर अनुसार कारवाही गरिने एसपी राठौरले बताए ।
तिव्र गतिमा चलाइएका, मापसे गरेर चलाएका र कागजात नभएका सवारी साधनलाई ट्राफिक प्रहरीले बिहीबार बिहानैदेखि नियन्त्रणमा लिएर ‘होल्ड’ गरेका छ । साँझसम्म ४ सय ९९ सवारी साधन होल्ड गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले ४७२ वटा दुई पाङ्ग्रे सवारी होल्ड गरेको छ । चारपाङ्ग्रे सवारी २६ वटा होल्ड गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण