‘गाई’ माग्न कमल थापा अदालत जाने

कमल थापाले हालै पुनर्गठन गरेको दल राप्रपा नेपालले चुनाव चिन्ह गाई प्राप्तिका लागि अदालत जाने तयारी गरेको छ । स्थानीय तह निर्वाचनका लागि हालै निर्वाचन आयोगबाट सो दलले तीर चिन्ह पाएको थियो । राप्रपा नेपालले चुनाव चिन्ह गाई मागे पनि आयोगले नदिएपछि तत्कालका लागि तीर लिएको थियो । तर यो चिन्ह अस्थायी मात्र हुने राप्रपाका महामन्त्री राजाराम बर्तौलाले रातोपाटीलाई जानकारी दिए । उनले आफ्नो दलको चुनाव चिन्ह गाई माग्न नछोड्ने बताए ।
राप्रपाका महामन्त्री बर्तौलाले भने– ‘पार्टी एकता गरेपछि हामीले गाई चिन्ह छोडेर हलो चिन्ह लिएपछि गाई चिन्ह फ्रिज थियो । अहिले बनेको हाम्रो पार्टीका लागि गाई चिन्ह माग्दा आयोगले दिएन । हामी त्यसविरुद्ध अदालत जाने तयारी गरिरहेका छौँ । यसबारेमा कानुनी परामर्श पनि चलिरहेको छ । सम्भवत हामी स्थानीय चुनाव पछाडि वा त्यस अगाडि नै अदालत जान्छौँ ।’
उनले स्थानीय तहको चुनाव आइसकेका कारण अस्थायी प्रयोजनका लागि मात्रै तीर चिन्ह लिइएको बताए । यता निर्वाचन आयोगले भने राष्ट्रिय प्रतीक चिन्ह रहेका वस्तुहरु चुनाव चिन्हका रुपमा दिन नसकिने बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय प्रतीक चिन्हको रुपमा रहेको गाई चिन्ह मागेका कारण आयोगले नदिएको उल्लेख गरे । आयोगले दिन नमिल्ने त्यस्ता केही चिन्हहरूको सूची राखेको र त्यस्ता चिन्हहरू दिन नमिल्ने बताए । राष्ट्रिय प्रतीक चिन्ह बाहेकका चिन्ह मात्रै दलहरूका लागि दिइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कुस्ती’को छायाङ्कन सुरु
-
भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने
-
पश्चिम नवलपरासी झडप अपडेट : उपचारको क्रममा एक जनाको मृत्यु
-
एन्टिबायोटिक औषधिको सेवन बिचमै छोड्नु घातक !
-
सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र सबै एउटै डुङ्गामा छौँ : अध्यक्ष ढकाल
-
बैंकर्स संघका अध्यक्ष भन्छन्, ‘मौद्रिक नीतिको समीक्षा स्वाभाविक र अपेक्षित’