शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अहिले पनि ममाथि भौतिक रुपमा आक्रमण गर्ने षड्यन्त्र कायम छ : प्रचण्ड

बिहीबार, ०३ चैत २०७८, १७ : २९
बिहीबार, ०३ चैत २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि बारम्बार आक्रमणको प्रयास भएको बताएका छन् । लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै​ उनले अहिले पनि माओवादीलाई बदनाम गर्ने र नेतृत्वमाथि आक्रमण गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

पहिलो संविधानसभाको निर्वाचनमा आफूलाई सिरहामा भौतिक आक्रमण गर्न खोजिएको उनको भनाइ छ । उनले आफूलाई मार्ने योजना बनाएर आक्रमण गर्न खोजिए पनि जनमुक्ति सेनाका कमान्डरले बचाएको बताए ।  

‘नेतृत्वको बदनाम गर्ने, आवश्यक पर्यो भने भौतिक रुपमा आक्रमण गर्ने रणनीति अहिले पनि कायम छ,’ प्रचण्डले भने, ‘पहिलो संविधानसभाको निर्वाचनमा मलाई जनमुक्ति सेनाका कमान्डरहरूले बचाएका हुन् । नत्र भने सिरहामा मारिने थिए ।’ त्यो रणनीति पनि पछि सार्वजनिक भएको उनको भनाइ छ । 

यस्तै अध्यक्ष प्रचण्डले पार्टीमाथि पनि बारम्बार आक्रमण भइरहेको बताए । ‘माओवादी पार्टीलाई पटक पटक छिनो–छिनो हुने गरी आक्रमण गरियो । यो अहिले पनि जारी छ,’ उनी भन्छन् । माओवादीमाथि भए–नभएका कुरा गरेर आक्रमण गरिने गरेको प्रचण्डको गुनासो छ । उनले भने, ‘भएको कुरामा पनि गरिएको छ, नभएको कुरामा पनि गरिएको छ । त्यो अहिले पनि जारी रहेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप