बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीले सातै प्रदेशमा अनुगमन टोली खटाउने

बिहीबार, ०३ चैत २०७८, १५ : ५०
बिहीबार, ०३ चैत २०७८

नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ । बिहीबार बसेको सो पार्टीको सचिवालय बैठकले सातै प्रदेशमा पार्टीको वास्तविक अवस्था पहिचान गर्न केन्द्रीय अनुगमन टोली गठन गरेको हो । 

जसमा प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेस प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा गंगालाल तुलाधर, गण्डकी प्रदेशमा जयन्ती राई, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदुरपश्चिम प्रदेशको नेतृत्व नेता रामचन्द्र झालाई जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

अनुगमन टोलीले सवै स्थानीय तहको रिपोटिङ, पार्टी संगठनको वास्तविक परिस्थिति र आवस्यक सुचना संकलन गर्नेछ । त्यस्तै बैठकले ‘जनतामा जाउ, एकीकृत समाजवादीलाई जिताऔँ’, भन्ने नारा समेत तय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप