उपत्यकामा लापरवाही गरेर चलाएका ३४५ सवारी साधन ‘होल्ड’
बिहानैदेखि मापसे जाँच
बिहीबार, ०३ चैत २०७८, १५ : १५

काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ । उपत्यकामा ६८ ठाउँमा ट्राफिक चेक प्वाइन्ट राखिएको छ । होली खेल्ने नाममा तिब्र गतिमा चलाएका, मापसे गरेर चलाएका र कागजात नभएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार मध्यान्हसम्म ३४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर ‘होल्ड’मा राखिएको ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्माले रातोपाटीलाई बताए । होल्ड गरिएको सवारीमा सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर छन् । होल्डमा राखिएको सवारी साधनलाई साँझ ७ बजे मात्र सवारी धनीको जिम्मा लगाइने शर्माले जानकारी दिए ।
ट्राफिक प्रहरीले उपत्यकामा बिहानैदेखि मापसे जाँच गरिरहेको छ । ६ जना चालकलाई मापसे गरेर सवारी चलाएको कसुरमा जरिवाना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघ समिक्षा बैठक गर्दै
-
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
-
के आर्थिक मन्दीतर्फ बढिरहेको छ विश्व ?
-
आईपीएल क्रिकेट : मिचेल मार्श र निकोलस पुरनको अर्धशतकसँगै लखनउले कोलकातालाई दियो २३९ रनको लक्ष्य
-
इरानमा कोइला खानीमा ग्यास चुहिँदा सात कामदारको मृत्यु
-
गणतन्त्र नै किन ?