उपत्यकामा लापरवाही गरेर चलाएका ३४५ सवारी साधन ‘होल्ड’
बिहानैदेखि मापसे जाँच
बिहीबार, ०३ चैत २०७८, १५ : १५
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ । उपत्यकामा ६८ ठाउँमा ट्राफिक चेक प्वाइन्ट राखिएको छ । होली खेल्ने नाममा तिब्र गतिमा चलाएका, मापसे गरेर चलाएका र कागजात नभएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार मध्यान्हसम्म ३४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर ‘होल्ड’मा राखिएको ट्राफिक प्रहरी महाशाखाका एसपी सञ्जीव शर्माले रातोपाटीलाई बताए । होल्ड गरिएको सवारीमा सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर छन् । होल्डमा राखिएको सवारी साधनलाई साँझ ७ बजे मात्र सवारी धनीको जिम्मा लगाइने शर्माले जानकारी दिए ।
ट्राफिक प्रहरीले उपत्यकामा बिहानैदेखि मापसे जाँच गरिरहेको छ । ६ जना चालकलाई मापसे गरेर सवारी चलाएको कसुरमा जरिवाना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण