सरावगी एमालेमा प्रवेश गरेपछि राजेशमान जसपामा फर्किदै
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल त्यागेर एमालेमा प्रवेश गरेका राजेशमान सिंह जनता समाजवादी पार्टी नेपालमा फर्किने भएका छन् । जसपा विभाजन हुँदा लोसपामा बसेका राजेशमान मधेशवादी दलका शीर्ष नेताहरुले मधेश मुद्दासँग सौदावाजी गरेको कारण आफू एमालेमा प्रवेश गरेको बताएका थिए ।
उनी एमालेमा प्रवेश गरेको एक महिनापछि मधेश केन्द्रीत दल जसपामा प्रवेश गर्न लागेको नेता प्रदीप यादवले बताए । उनले भने, ‘राजेशमानसँग कुराकानी भइसकेको छ, पार्टी प्रवेश कहिले गर्ने त्यसको बारेमा आज टुगों लाग्नेछ ।’ जसपाका तत्कालीन केन्द्रीय सदस्यसमेत रहेका वीरगञ्जका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेपछि जसपाले सिंहलाई पार्टीमा ल्याउने प्रयास थालेको थियो । मेयर सरावगी एमालेमा प्रवेश गरिसकेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले सिंहसँग छलफल गरेर पार्टीमा फर्काउने जिम्मेवारी मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सांसद प्रदीप यादवलाई दिएको थियो ।
अध्यक्ष यादव, मुख्यमन्त्री राउत, जसपाका कार्यकारिणी सदस्य रेणु यादव र केन्द्रीय सदस्य प्रदीप यादवबीच फागुन ३० गते सिंहदरबारमा छलफल भएको थियो । एमालेले मेयरको उम्मेदवार बनाउने भनेपछि सिंह एमाले प्रवेश गरेका थिए । तर, एमालेले सरावगीलाई उम्मेदवार बनाउने भनेपछि सिंह असन्तुष्ट भएका थिए । त्यही असन्तुष्टिको फाइदा उठाउँदै जसपाले राजेमानसँग वार्ता थालेको थियो ।
मुख्यमन्त्री राउत र सांसद यादवले सिंहसँग छलफल गरेपछि उनी पार्टी प्रवेश गर्न तयार भएका हुन् । अगामी चुनावमा वीरगञ्ज महानगरपालिकाको मेयर पदमा जसपाको तर्फबाट उम्मेदवारी दिने पनि लगभग पक्का भएको छ । सांसद यादवले भने, ‘जसपाबाट महानगरपालिका मेयरको उम्मेदवार राजेशमान सिंह नै हुन्छन् ।’ सिंह २०७४ को स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयर पदमा तत्कालीन राजपाबाट चुनाव लडेका थिए । उनले १२ हजार १६५ मत ल्याएर तेस्रो भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण