
ADVERTISEMENT
बैंकिङ कसुर मुद्दामा १८ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका १८ लाख जरिवाना र ५ दिन कैद तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रे घर भई गोकर्णेश्वर नगरपालिका–१२ बस्ने ५६ वर्षीय डल्ले कामीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उच्च अदालत पाटनले २०७८ कात्तिक २८ मा बैंकिङ कसुर मुद्दामा नगद १८ लाख रुपैयाँ जरिवाना, ५ दिन कैद र बिगो रकम १८ लाख रुपैयाँ तिर्नुपर्ने ठहर गरेको थियो । उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिकास्थित जम्बु डाँडाबाट पक्राउ गरेको हो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ