माओवादी केन्द्र चितवनको नेतृत्वमा दाहाल र अधिकारी
बिहीबार, ०३ चैत २०७८, १३ : ४३
सत्तारूढ नेकपा (माओवादी केन्द्र ) को चितवन जिल्ला इन्चार्जको जिम्मेवारी रेणु दाहाल र संयोजकको जिम्मेवारी रामचन्द्र अधिकारीले पाएका छन्। माओवादी केन्द्रको वागमती प्रदेश कार्यालयको बैठकले दाहाल र अधिकारीलाई सो जिम्मेवारी प्रदान गरेको हो। भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् ।
चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी ) का केन्द्रीय उपाध्यक्ष थिए। यसअघि उनी चितवन जिल्ला पार्टीको कार्यालय सदस्यका रुपमा क्रियाशील थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’