रुस–युक्रेन युद्धको २२ औँ दिन, अहिलेसम्म के के भए ?
युक्रेनमाथि रुसको हमलाको आज २२ औँ दिन हो । रुस युक्रेनको राजधानी किभमाथि नियन्त्रणका लागि लगातार कोसिस गरिरहेकमो छ तर उसले विरोधको सामना गर्नु परिरहेको छ ।
– तीन हप्तादेखि जारी युक्रेनमा रुसको हमलाका बीच विश्वका नेताबीच शीतयुद्ध अत्यधिक बढिरहेको छ ।
– अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ बताए ।
– रुसले बाइडेनको बयानलाई अस्विकार्य र माफीको लायक नभएको बताएका छन् । रुसले अमेरिकामाथि संसारमा लाखौँ मानिस मारेको आरोप लगाए ।
- युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले अमेरिकी कांग्रेससँग भर्चुअल बैठक गरे । जेलेन्स्कीले पर्ल हार्बर र ९/११ को घटना याद दिलाए र पश्चिमी देशको समर्थन मागे ।
– भर्चुअल बैठकपछि राष्ट्रपति जेलेन्स्कीले युक्रेनका जनतालाई सम्बोधित गरे । उनले सिरिया, अफगानिस्तान र चेचन्यामा भएको युद्धको तुलनामा रुसलाई बढी हानी भएको दाबी गरे ।
– अमेरिकाले युक्रेनलाई १ अर्ब डलरको हतियार दिने बचन दिएको छ । जसमा ड्रोन, रकेट, ग्रेनेड लञ्चर, राइफल, मसिनगन, बडी आर्मर र गोला–बारुद समावेश छ ।
– युक्रेनको दक्षिणी शहर मारियुपोलमा एक थिएटरलाई एउटा ठूलो रुसी बममार्फत् निशाना बनाइयो । उप–मेयर सर्गेई ओरलोवले बीबीसीसँगको कुराकानीमा बम खस्नुअघि करिब हजारदेखि १२ सयजना थिएटरमा शरण लिएको बताए ।
– उत्तरी शहर चेर्निहाइवमा खाना खानका लागि लाइन बसिरहेका १३ जनाको रुसी गोलीबारीमा मृत्यु भयो ।
– युक्रेनका अनुसार मेलिटोपोलका मेयरलाई ९ रुसी सैनिकको बदलामा रिहा गरिएको छ ।
– संयुक्त राष्ट्रका अनुसार हालसम्म ३० लाखभन्दा बढी युक्रेन छोडेर गइसकेका छन् ।