मेलिटोपोलका मेयरलाई ९ रुसी सैनिकको बदलामा रिहा गरियो : युक्रेन
मेलिटोपोलका मेयर इवान फेडोरोवको रिहाईको विषयमा नयाँ खबर सार्वजनिक भएको छ जसमा उनको रिहाई ९ रुसी कैदीको बदलामा भएको बताइएको छ ।
मेलिटोपोलका मेयरलाई रुसी सैनिकले बन्धक बनाएका थिए । उनलाई पाँच दिनपछि रिहा गरिएको सुरुमा बताइएको थियो ।
युक्रेनको एक टेलिभिजनमा बोल्दै वोलोदिमिर जेलेन्स्कीका प्रेस सचिवले रुसी सैनिक १८ देखि १९ वर्षको भएको जानकारी दिए । उनका अनुसार यी सैनिकलाई रुसले आफ्नो सेनामा जबर्जस्ती भर्ना गरेका थिए ।
मेयरको रिहाई अघि युक्रेनका अधिकारीले एक भिडियो जारी गरेका थिए जसमा इवान फेडोरोवको आँखामा पट्टी बाँधेर केही मानिसले लिएर जाँदै गरेको देखिएका थिए ।
मेयरको अपहरणपछि रुसी टुकडीले घेरिएका मेलिटोपोल शहरका जनताले यसको विरोधमा सडकमा उत्रिएर प्रदर्शन गरेका थिए ।
युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले पनि रुसीमाथि मेयरलाई बन्धक बनाएको आरोप लगाएका थिए र रुसले आतंकको नयाँ आयामलाई मलजल गरिरहेको बताएका थिए ।
मेलिटोपाले दक्षिण–पूर्वी युक्रेनको एउटा सानो शहर हो जसमा हमलाको सुरुवाती दिनमा नै रुसले कब्जामा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान तनाव : मध्यपूर्वबाट नेपाल आउने जहाजको रुट लम्बियो, भाडा बढ्नसक्ने
-
महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै
-
कानुन दिवस कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीदेखि सभामुखसम्म (फोटोफिचर)
-
तस्बिरमा हेर्नुहोस् नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला
-
भारत र पाकिस्तानमा क्रिकेट खेलिरहेका इङ्ल्यान्डका यी चर्चित दाजु–भाइ सुरक्षालाई लिएर चिन्तित
-
नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक