एकीकृत समाजवादीका वडाध्यक्ष एमालेमा फर्किए
बिहीबार, ०३ चैत २०७८, १२ : २८
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का वडाध्यक्ष रत्नबहादुर बुढा एमालेमा फर्किएका छन् । पार्टी विभाजनपछि एकीकृत समाजवादी रोजेका उनी बिहीबार पुनः एमालेमै फर्किएका हुन् । उनलाई एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेलले स्वागत गरेका थिए ।
बुढा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका थिए। यस्तै विभाजनपछि समाजवादी रोजेका वीरेन्द्रनगरका नेताहरु जागुराम थारु, कृष्णबहादुर थापा, विमला थापा पनि एमालेमै फर्किएको एमाले सुर्खेत जिल्लाका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए । यस्तै वीरेन्द्रनगर नगरपालिका– १० का वडा सदस्य सुनिता चौधरी पनि एमाले फर्किएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद व्यवस्थापन गर्न ३ सय नगर प्रहरी परिचालन गरेका छौँ : बालेन
-
सप्तकोशीको टापुमा ३० जना फसे, पानीको बहाब ५ लाख क्यूसेक पुग्न लाग्यो
-
नख्खु खोलाले बगाएर ल्याएका सशस्त्र प्रहरीका उद्दारकर्ताको सफल रेस्क्यु (तस्बिरहरु)
-
बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु
-
काभ्रेको नार्केमा रोशी खोलाले करिब १० पक्की घर बगायो
-
डुबानमा काठमाडौँका करिडोर