आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी आफ्नै तागतमा चुनावमा जान्छः प्रचण्ड

बिहीबार, ०३ चैत २०७८, १२ : १६
बिहीबार, ०३ चैत २०७८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बनाएर भन्दा पनि पार्टी आफ्नौ तागतले चुनाव जाने बताएका छन् । बिहीबार प्रेस सेन्टरले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफ्नै एजेण्डा लिएर जनता जाने पार्टीको पहिलो प्राथमिकता रहेको बताए । त्यसपछि मात्रै गठबन्धन पार्टीको विकल्प हुने उनको भनाइ छ । 

पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको लागि रुपन्देही आएका प्रचण्डले निर्वाचनको तयारीमा केन्द्रीय कमिटी लागेको पनि बताए । प्रचण्डले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने पनि जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप