शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राप्रपा नेपालले ‘तात्विक’ असर गर्दैन : राप्रपा प्रवक्ता

बिहीबार, ०३ चैत २०७८, ११ : ५४
बिहीबार, ०३ चैत २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुनसुन्दर लावतीले हिन्दुवादी नेता कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा पार्टीलाई ‘तात्विक’ असर नपार्ने दाबी गरेका छन् । 

देशव्यापी रूपमा पार्टी संगठन विस्तार गर्न नसकेको, उनीसँग केही नेता मात्रै राप्रपाबाट गएको र अर्कोतिर ‘विभाजनकारी नेता’को छवि पनि भएकाले निर्वाचनमा खासै असर नगर्ने उनले बताए । उनले भने, ‘१०२० भोट तलमाथि होला तर हामीलाई असर गर्ने देखिँदैन ।’ 

२०७४ मा भन्दा बढी स्थानीय तहमा पार्टीले विजय हाँसिल गर्ने पनि उनको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप