बलिउडका चर्चित चुम्बनका दृश्य

बलिउड फिल्मको चर्चा हरेक ठाउँमा हुने गर्दछ । फिल्ममा रोमान्स हुनु कुनै नौलो कुरा होइन । बलिउडका केही फिल्म लामा चुम्बन दृश्यका कारण पनि चर्चामा आउने गर्दछन् । सन् २०१६ मा रिलिज फिल्म ‘फितूर’मा आदित्य रोय कपुर र कटरिना कैफको चुम्बन दृश्य सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । फिल्मको यो चुम्बन दृश्य करिब तीन मिनेटको थियो ।
फिल्म ‘मर्डर’मा इमरान हासमी र मल्लिका शेरावतको चुम्बन दृश्य सायद कसैले बिर्सिएका छैनन् । उनीहरूले पनि यो फिल्ममा निकै लामो चुम्बन दृश्य दिएका थिए । ऋतिक रोशन र कटरिना कैफको फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’ मा उनीहरूको एक किसिङ दृश्य थियो । वास्तविक रुपमा यो दृश्य करिब तीन मिनेटको थियो । तर, निर्माताहरूले दृश्य लामो हुने भन्दै काटेका थिए ।
आमीर खान र करिश्मा कपुरको अभिनय रहेको फिल्म ‘राजा हिन्दुस्तानी’को एक चुम्बन दृश्य पनि लामो चुम्बन दृश्यमा समावेश छ । फिल्ममा एक रुखको मुनि पानी परिरहेको बेला आमीर र करिश्माले करिब डेढ मिनेटसम्म चुम्बन गरेका थिए ।
रणवीर सिंह र अनुष्का शर्माले फिल्म ‘बेण्ड बाजा बारात’मा झण्डै एक मिनेटको चुम्बन दृश्य दिएका थिए । अभिनेता हिमांशु रोय र अभिनेत्री देविका रानीले फिल्म ‘नागनकी रागिनी’मा करिब चार मिनेटको चुम्बन दृश्य दिएका थिए । त्यो समयमा यो फिल्म निकै विवादमा पनि आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
-
काउली खेतीबाट मालामाल, बने जिल्लाकै उत्कृष्ट किसान
-
सक्षम नागरिक उत्पादनको जग नै कमजोर
-
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा शपथ ग्रहण
-
उड्डयन प्राधिकरण सम्बन्धी संसदमा पेस, सेवा प्रदायक र नियामक फरक बनाइने
-
‘०८४ मा बहुमत पुर्याउँछौँ, अकुत सम्पत्तिमा बेहोस भएकाहरूलाई ब्युँझाउँछौँ’