बिहानैदेखि मापसे : उपत्यकामा १ सय ६३ सवारी नियन्त्रणमा
६८ ठाउँमा ट्राफिक प्रहरीको चेकिङ
बिहीबार, ०३ चैत २०७८, १० : ४४

होली मनाउँदा लापरबाही गरेर चलाइएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । लापरबाही गरेर चलाएका र मापसे गरेर चलाएका १ सय ६३ वटा सवारी साधनलाई ‘होल्ड’मा राखिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसपी) सञ्जीव शर्माले रातोपाटीलाई बताए ।
समाचार तयार गर्दासम्म ट्राफिक प्रहरीले १०४ वटा मोटरसाइकल र ५९ वटा चार पाङ्ग्रे सवारी होल्ड गरेको छ । तीव्र गति, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाएको भेटिए त्यस्ता सवारीलाई नियन्त्रणमा लिएर दिनभर होल्ड गरिने एसपी शर्माले बताए ।
काठमाडौँ उपत्यकामा ६८ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट राखिएको छ । चार ठाउँमा राडार गनबाट गति निगरानी गरिएको छ । सातदोवाटो, सानेपा, भक्तपुरको गठ्ठाघर र सूर्यबिनायकमा राडारबाट गति निगरानी गरिएको छ । सवारी–साधन चेकजाँचका लागी १३ सय ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दर्शन नपढाई दर्शनभित्रै पाठकलाई घुमाइरहने उपन्यास ‘अर्हत्’
-
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेकाे माग
-
पूर्वाधारमा आक्रमण गरेको भन्ने पाकिस्तानको दाबी 'झूटो' : भारत
-
देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव
-
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि सुरु हुने महिला विश्वकपमा ४८ टोली सहभागी हुने
-
युरोपेली शीर्ष नेताहरूको युक्रेन भ्रमण : युक्रेनप्रति गहिरो ऐक्यबद्धता प्रकट