मेसिनको फित्तामा बेरिएर एक युवकको मृत्यु
शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटिया स्थित शिवम् सिमेन्ट उद्योगमा काम गर्ने क्रममा मेसिनको फित्तामा बेरिएर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा भारतीय मुलुकका अन्दाजी १८÷२० वर्षीय रकिव अख्तर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
युवकको बिहिबार बिहान सिमेन्ट उद्योगको रोलर सफा गर्ने क्रममा मेसिनमा परेर घाइते भएका उनको हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए । घटनाको बारेमा अनुसन्धान कार्य सुरु गरिएको र हाल प्रहरीले घटनास्थल र शवको मुचुल्का उठाउने काम गरिरहेको उनले बताए । घटनास्थलको प्रक्रिया सकेर शवलाई पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी केन्दीय नेताहरुसँग छलफल
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो
-
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता
-
३४ बिरामीको घुँडाको शल्यक्रिया
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी