छालालाई जोगाउन होली खेल्नु अघि यसो गरौँ

नेपालमा चैत्र ३ गते अर्थात् आज रङ्गहरूको पर्व होली पहाडी समुदायमा मनाइँदैछ भने शुक्रबार तराई क्षेत्रमा मनाइन्छ । हरेक वर्ष होली पर्व सकिएपछि छालासम्बन्धी विभिन्न प्रकारका समस्या लिएर धेरै जना स्किन अस्पताल पुग्ने छाला रोग विशेषज्ञहरू बताउँछन् ।
होली खेल्दा सावधानी नअपनाउँदा अनुहारमा समस्या देखियो भन्दै अस्पताल पुग्नेको सङ्ख्या बढ्दै गएको छाला रोग विशेषज्ञहरू बताउँछन् । होली खेल्दा जुन पायो त्यही रङ्ग प्रयोग गर्दा अनुहारमा चाया, पातो आएका, छाला डढेका, डन्डिफोरहरू आएका तथा एलर्जी भएकाहरू अनुहार तथा छालामा थप समस्या देखिएर अस्पताल पुग्ने गर्छन् ।
जुन पायो त्यही रङ्गहरूको जथाभाबी होलीमा प्रयोग गर्दा छालाको एलर्जी, हुने आँखाको एलर्जी, चिलाउने, पोल्ने, छाला झन् सुख्खा हुने, धेरै बेरसम्म अनुहारमा रङ्ग दलिरहँदा छाला रगडिने, आँखाको दृष्टि गुम्नुका साथै छालासम्बन्धी विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ ।
बजारमा पाइने रङ्ग तथा अबिरहरूमा स्वास्थ्यलाई नै हानी पुर्याउने रसायन मिसाइएको हुनेले सचेत हुन अति आवश्यक पर्छ । रसायनयुक्त रङ्ग तथा अबिरको प्रयोग गर्दा छालामा मात्रै नभई शरीर भित्रका अन्य अङ्गहरूलाई समेत असर गर्न सक्छ ।
रसायन युक्त रङ्ग र अबिरले छालाको भित्री सतहमा पुग्ने भएकाले होली खेलेर रमाइरहँदा त्यसपछि हुन सक्ने जोखिमलाई ख्याल गर्न अति आवश्यक पर्ने छाला रोग विशेषज्ञहरूको भनाइ छ । संवेदनशील छालामा रसायनयुक्त रङ्ग प्रयोगले छालामा झन् समस्या ल्याउन सक्छ । होली खेल्ने नाममा अनुहारमा पेन्ट गर्ने रङ्गहरूले प्रयोग गर्ने, कालो मोबिल, इनामेल, रङ्ग मिसाएर एक आपसमा लगाउँदा अनुहार तथा शरीरका अन्य भागका छालामा असर गर्ने छाला रोग विशेषज्ञहरू बताउँछन् ।
त्यसैले होलीमा गुणस्तरीय रङ्गको प्रयोग गर्नुका साथै होली खेल्दा विशेष सावधानी अपनाउनुपर्ने अपनाउनुपर्छ । होली खेल्नका लागि रङ्गको गुणस्तर हेरेर मात्रै किन्न छाला रोग विशेषज्ञहरूको सुझाव छ । होलीमा रासायन युक्त अबिर तथा रङ्ग प्रयोग गरेको गर्दा स्वास्थ्यमा असर पुर्याउने भएकाले सकेसम्म प्राकृतिक तथा हर्बलयुक्त रङ्गको प्रयोग गर्नु पर्छ । होलीमा जथाभाबी रङ्गको प्रयोग गर्दा अनुहार मात्र नभई शरीरभर छालामा समस्या देखिन सक्ने छाला रोग विशेषज्ञहरू बताउँछन् ।
कहिलेकाहीँ रङ्ग अनुहारमा निख्रिएजस्तो देखिए छालाका स–साना प्वालहरूमा टाँसिएर रहेको रङ्ग असर गर्न सक्छ । यस्तो अवस्थामा विगतमा छाला सम्बन्धी देखिएका समस्याहरू पुनः बल्झिन सक्छ । होली खेल्नु भन्दा अघि र खेली सकेपछि अनुहार तथा छालालाई जोगाउनका लागि यस्तो छ छाला, कपाल तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा.स्मृति श्रेष्ठको सुझाव यस्तो छ ।
होली खेल्नु अघि यस्तो गरौँ
– होली खेल्नु अघि शरीरका प्रायः भाग छोपी गरी लुगा लगाएमा रसायनयुक्त अबिर तथा रङ्ग छालामा पर्नबाट जोगिन सकिन्छ ।
–सुक्खा छालाले रङ्गलाई सोस्ने भएकाले होली खेल्नुअघि लागि क्रिमहरू लगाउने ।
– होली खेल्नुअघि अनुहारमा मोइस्चराइजर र फाउन्डेशन लगाउने
–होली खेल्नुभन्दा अघि शरीरभरि प्राकृतिक तेल लगाउने ।
– रङ्गको एलर्जी भएकाले हुनेहरू शरीरमा टाँसिने अर्थात् कसिलो खालको लुगा नलगाउने ।
– अनुहार डन्डीफोर, पोतो भएकाहरूले सकेसम्म घाममा होली नखेल्ने
– होली खेल्दा सकेसम्म कपाल बाँधेर खेल्दा सिधै रङ्ग छालामा पुग्दैन ।
होली खेलेपछि यस्तो गरौँ
–नुहाउनु अघि अनुहारमा शरीरमा भएको अबिर तथा र रङ्गलाई राम्रो सँग पुछ्ने ।
–होली खेलेपछि कपालदेखि नङसम्म रङ्गलाई साबुन, स्याम्पुले पखाल्ने ।
–होली खेलिसकेपछि अनुहार तथा शरीरका अन्य भागका छालालाई पटक पटक साबुन लगाएर नमिच्ने ।
–रङ्गलाई पुछ्ने पखाल्ने गरेपछि सुख्खा भएको छालामा मोइस्चराइजरको प्रयोग गर्ने ।
डा. श्रेष्ठका अनुसार सकेसम्म आयुर्वेदिक तथा प्राकृतिक रङ्गहरूको प्रयोग सुझाव छ । यस्तै, सुक्खा रङ्गहरूको प्रयोग गर्ने, इनामेल वा रसायनयुक्त, साना सिसाका कर्ण भएका रङ्गको प्रयोग नगर्ने उनको सुझाव छ । होली खेलेपछि पुछेर साबुन, स्याम्पुले पखाल्दा अनुहार तथा शरीर चिलाउने, बिमिरा आउने, पोल्ने, डाबर आउने भएमा तत्काल छाला रोग विशेषज्ञसँग सुझाव लिन उनको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलनमा गाउँपालिका महासंघ र नगरपालिका संघले जनायो ऐक्यबद्धता
-
पाटन क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतकाे आदेश
-
उपाध्यक्षलाई नदिएर वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी
-
नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’
-
चक्रपथको दोस्रो खण्डअन्तर्गत कलंकी–महाराजगञ्ज विस्तार गर्न चिनियाँ टोली आउँदै
-
शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवसँग प्रधानमन्त्रीले गरे छलफल