आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पोल्याण्डकी क्यारोलिना बनिन् मिस वर्ल्ड, नम्रता श्रेष्ठ अन्तिम ३० बाटै बाहिरिन्

बिहीबार, ०३ चैत २०७८, १० : ११
बिहीबार, ०३ चैत २०७८

पोल्यान्डकी क्यारोलिना बेइलावस्काले विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी छिन् । विहीबार बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वल्र्ड ग्रान्ड फिनालीमा बेइलावस्काले उपाधि हात पारेकी हुन् ।

अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन् । अघिल्लो संस्करणकी विजेता टोनीएन सिङले नयाँ विजेतालाई ताज पहि¥याइन् ।

४० जनाले फाइनल राउन्डमा सहभागीता जनाएका थिए। नेपालबाट प्रतिस्पर्धा गरेकी मिस नेपाल नम्रता श्रेष्ठ अन्तिम ३० * बाट बाहिरिन् ।

*यसअघि अन्यथा हुन गएकोमा सच्याइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप