रणवीर र श्रद्धाको फिल्म सेटमा तोडफोड
अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूरको प्रमुख भूमिकामा अभिनय रहने एक बेनामे फिल्म विवादमा तानिएको छ । निर्देशक लव रञ्जनले निर्देशन गर्ने यो फिल्मको सुटिङ सेटमा केही व्यक्तिले तोडफोड गरेका छन् ।रञ्जनको फिल्ममा काम गरिसकेका केही कामदारले पूर्ण पारिश्रमिक नपाएको भन्दै तोडफोड गरेका छन् । निर्देशकले गत वर्ष अक्टोबरमा ‘चारकोप’, ‘कान्दीवली’मा एक गीतमा काम गरे पनि त्यो पैसा अहिलेसम्म नपाएको कामदारले जनाएका छन् ।
निर्देशक रञ्जनले करिब ३ सय ५० व्यक्तिलाई पारिश्रमिक दिएका छैनन् र यसको कुल मूल्य १ दशमलब २ करोड रुपैयाँ पर्दछ । प्रहरीले कामदारले सुटिङ सेटमा तोडफोड गरेको सूचना पाएपछि उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरी चौकीमा ल्याएको थियो । त्यसपछि वर्कस यूनियनले चौकीमा पुगेर सबै कामदारलाई बाहिर ल्याएको थियो । निर्देशक रञ्जनले भने अहिलेसम्म यो मामलामा केही बोलेका छैनन् ।
रणवीर र श्रद्धाको अभिनय रहने फिल्म रोमान्टिक ड्रामामा आधारित छ । यो फिल्म आगामी वर्षको मार्च ८ मा रिलिज हुँदैछ । फिल्ममा डिम्पल कपाडिया र बोनी कपुर पनि प्रमुख भूमिकामा छन् । फिल्मको अन्तिम सुटिङका लागि लव टिमका साथ यसै वर्षको मध्यमा स्पेन जानेछन् ।
निर्देशक लव रञ्जनले निर्देशन गरेका ‘सोनू के टीटू की स्वीटी’ र ‘प्यारका पञ्चनामा’ हिट फिल्ममा पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाइगर कप भलिबल : न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइनलमा प्रवेश
-
अध्यक्ष डीसी र अमेरिकी दूतावास नेपाल भिसा प्रमुखबिच भेटवार्ता
-
३० हजार वटा काँटी प्रयोग गरेर कला, तस्बिरहरू
-
पूर्व अर्थसचिव खनालको प्रश्न : सहकारीको एकभन्दा बढी कार्य क्षेत्र हुने प्रावधान किन राखियो ?
-
मौसम बदलिएसँगै स्वास्थ्यमा आउने समस्यासँग कसरी जोगिने ? (भिडियोसहित)
-
नेपालद्वारा थाइल्याण्डसामु १ सय २ रनको लक्ष्य प्रस्तुत