पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग गरेको छ । अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि खारेजीको निम्ति सशक्तरुपमा सङ्घर्षको मैदानमा उत्रन आह्वानसमेत गरेका छन् ।
हप्ता दिन नबित्दै फेरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँका दरले मूल्यवृद्धि गरी पेट्रोलको मूल्य प्रतिलिटर १५५, डिजेलको मूल्य प्रतिलिटर १३८ र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पुर्याइएको छ । साथै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २०० अमेरिकी डलर मूल्यवृद्धि गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'पटकपटक सरकारले इन्धनमा गरेको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तु र सेवाको समेत मूल्यवृद्धि भइरहेको छ । यो अवस्थामा आम सर्वसाधारण नेपाली जनताको चुल्होसमेत नबल्ने गरी जीवन धान्नै मुस्किल बन्न पुगेको छ । तर, कोभिड–१९ बाट प्रताडित नेपाली जनतालाई राहत दिनुको सट्टा पटक–पटक मूल्यवृद्धि गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकार जनताप्रति गैर जिम्मेवार बन्नुका साथै दलाल र माफियाहरूको संरक्षण तथा नेतृत्व गर्नमै तल्लीन रहेको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि