बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जापानमा भूकम्प: दुई जनाको मृत्यु, २० लाख मानिस अन्धकारमा

बिहीबार, ०३ चैत २०७८, ०६ : ५८
बिहीबार, ०३ चैत २०७८

जापानमा बुधबार साँझ गएको शक्तिशाली भूकम्पमा दुई जनाको मृत्यु भएको छ । भूकम्पमा दर्जनौँ मानिस घाइते भएका छन् । पूर्वी जापानमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । 

भूकम्पले पुर्‍याएको जनधनको क्षतिको पूर्ण विवरण विवरण आइनसकेको प्राप्त समाचारमा जनाइएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पपछि बुधबार रातभर र बिहीबार बिहान पनि निरन्तर पराकम्पहरू आइरहेका छन् । भूकम्पको असर राजधानी टोकियोमा पनि देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा विद्युतीय सेवा अवरुद्ध छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप