सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

इन्जिनियर्स एसोसिएसनको निर्वाचन : तत्काल मतगणना सुचारु गर्न माग

बुधबार, ०२ चैत २०७८, २२ : ३५
बुधबार, ०२ चैत २०७८

विभिन्न दल निकट इन्जिनियरहरूका संघ संगठनले नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको स्थगित मतगणना तत्काल सुचारु गर्न  माग गरेका छन् । काँग्रेस, लोसपा लगायतका दल निकट इन्जिनियरहरूको संघ संगठनले तत्काल मतगणना सुरु गर्न माग गरेका हुन् । 

बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेस निकट सिडेनबाट अध्यक्ष पदका प्रत्यासी श्यामकिशोर यादवले तत्काल मतगणना सुरु गर्न धनुषाका प्रमुख जिल्ला अधिकारीसँग माग गरे । यादवले निर्वाचन समितिसँग मतगणनाको कामलाई नरोक्न माग गर्दै मतगणना रोकेर समग्र निर्वाचन नै प्रभावित भएको प्रति चिन्ता व्यक्त गरे । 

निर्वाचनमा हारजित स्वभाविक प्रक्रिया रहेकाले शंका उपशंका गरी मतगणनालाई प्रभावित पार्न नहुने उनले बताए । यद्यपि, उनले मतगणनामा जालझेल गरिएको आरोप लगाउँदै त्यसले समग्र प्रक्रिया नै बिथोल्नु गलत रहेको बताए ।
सिडेनका नेता प्रेमचन्द्र रायले निर्वाचन प्रक्रियामा कुनै प्रकारको जालझेल भएको आशंका कसैलाई भए चुनावी परिणामपश्चात सम्बन्धित निकायसमक्ष जान सक्ने अवस्था रहने हुनाले मतगणनाको माग गरे । उनले बीचमै मतगणना रोकेर मतगणना स्थलमा तालाबन्दी गर्नु असैहय रहेको जिकिर समेत गरे ।

पत्रकार सम्मेलनमा बृहत राष्ट्रिय प्रगतिशिल गठबन्धनमा रहेका लोसपा निकटका केन्द्रीय सदस्य पदका प्रत्यासी उम्मेदवार भवेश मिश्रले मतगणनामा कसैको विरोध भएमा कानूनी उपचार खोज्न आग्रह गरे । उनले शंका लागेमा सम्बन्धित ठाउँमा उजुरी दिन समेत आग्रह गरे ।

एकीकृत प्रगतिशिल इन्जिनियर समूहबाट केन्द्रीय सदस्य पदका प्रत्यासी उम्मेदवार सञ्जीव नारायण यादवले चुनावी प्रक्रियाको पहिलो दिनदेखि नै  निर्वाचन समितिले व्यवस्थित गर्न नसक्दा समस्या उत्पन्न भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप