मूल्य वृद्धिपछि पनि नोक्सानमै निगम, १५ दिनमा चार अर्ब ६६ करोड घाटा

मूल्यवृद्धि गर्दा नेपाल आयल निगम उच्च घाटामा हुने भएको छ । आगामी १५ दिनमा करिब रु चार अर्ब ६६ करोड नोक्सानी हुने निगमले निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको पनि निगमले जनाएको छ ।
आइओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरिकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए ।
नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १५५ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १३८, हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर १५१ पुगेको छ ।
आजै आइओसीले मूल्य वृद्धि गरेर पठाएपछि निगमले पनि वृद्धिको निर्णय लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख दलका सचेतकलाई सभामुखले बोलाए छलफलमा
-
पुर्जा बाँड्ने भन्दै कैयौँ आयोग बने, अवस्था उस्तै
-
लाखौँ भूमिहीनप्रति सरकार गम्भीर छैन
-
आज ५ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
जग्गा दर्ता गर्न कर्मचारी नै बाधक
-
महाकाली सीमा अतिक्रमणबारे वार्ता गर्न र भारतलाई तटबन्ध निर्माण रोक्न झलनाथको सुझाव