मूल्य वृद्धिपछि पनि नोक्सानमै निगम, १५ दिनमा चार अर्ब ६६ करोड घाटा
मूल्यवृद्धि गर्दा नेपाल आयल निगम उच्च घाटामा हुने भएको छ । आगामी १५ दिनमा करिब रु चार अर्ब ६६ करोड नोक्सानी हुने निगमले निगमले जनाएको छ । सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको पनि निगमले जनाएको छ ।
आइओसीलाई भुक्तानी गर्न नपुग रकम मूल्य स्थिरिकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले बताए ।
नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १५५ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १३८, हवाई इन्धन आन्तरिकको मूल्य प्रतिलिटर १५१ पुगेको छ ।
आजै आइओसीले मूल्य वृद्धि गरेर पठाएपछि निगमले पनि वृद्धिको निर्णय लिएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण