शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र गुल्मीको संयोजकमा जिसी

बुधबार, ०२ चैत २०७८, २१ : ३८
बुधबार, ०२ चैत २०७८

नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला पार्टिको नयाँ नेतृत्व चयन भएको छ । आज कपिलवस्तुमा बसेको लुम्बिनी प्रदेश कमिटीको बैठकले बुद्धि जिसीलाई गुल्मी जिल्लाको संयोजकको जिम्मेवारी तोकेको हो । यसअघि वीरबहादुर कार्की (चाहल) संयोजक थिए ।

संगठन विभागको जिम्मेवारी सम्हाल्दै आएका जिसीलाई नेतृत्व हस्तान्तरण गरिएको बैठकमा सहभागी निवर्तमान सयोजक कार्कीले जानकारी दिए । आजैको बैठकले गुल्मीकै माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदर्शन बराल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप