नम्रताले जित्लिन् त मिस वर्ल्डको ताज ?
बुधबार, ०२ चैत २०७८, २० : ३८
![नम्रताले जित्लिन् त मिस वर्ल्डको ताज ?](https://rpcdn.ratopati.com/media/albums/namrata-shrestha_gwvYewagu3.jpg)
मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ अहिले अमेरिकाको पुएर्तो रिकोमा छिन् । ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी हुन उनी गत शुक्रबार त्यहाँ पुगेकी हुन् ।
प्रतियोगितामा शिर्ष उपाधिका लागि ४० देशको सुन्दरीसँग उनले प्रतिस्पर्धा गरिरहेकी छन् । कोरोनाको तेस्रो लहरका कारण यस अगाडि स्थगित भएको प्रतियोगिताको अन्तिम स्पर्धा नेपाली समय अनुसार बिहिबार बिहान आयोजना हुँदैछ ।
हेड टु हेड च्यालेन्जमा विजयी हुँदै अन्तिम ३० भित्र समेत छानिएकी उनी ब्युटी विथ पर्पमाको उत्कृष्ट १० भित्र समेत पर्न सफल भएकी छन् । यी दुवैमा सफलताले मिलेको कारण उनले उपाधि जित्न सक्ने अनुमान अहिले गरिएको छ ।
प्रतियोगितामा सहभागीको लागि अमेरिका उड्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उनले जितको अठोटका साथ आफु ‘मिस वर्ल्ड’मा सहभागी हुन लागेको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा गएकालाई असार २७ देखि रिलायन्सको आईपीओ
-
नयाँ सत्ता समीकरण : बागमतीमा पहिलो पटक कांग्रेसको सरकार बन्ने
-
काठमाडौँको सोह्रखुट्टेमा भासियो सडक (तस्बिरहरू)
-
मुखमा कालो टेप टाँसेर रास्वपाका महामन्त्री ढकाल बैठकमा सहभागी
-
मलेप र पोखरा महानगरविरुद्ध मणिपालले दियो सर्वोच्चमा रिट
-
हाथरस सत्सङ्ग भागदौडमा मर्नेको सङ्ख्या १२४ पुग्यो