शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

नम्रताले जित्लिन् त मिस वर्ल्डको ताज ?

बुधबार, ०२ चैत २०७८, २० : ३८
बुधबार, ०२ चैत २०७८

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ अहिले अमेरिकाको पुएर्तो रिकोमा छिन् । ७० औं ‘मिस वर्ल्ड २०२२’ मा सहभागी हुन उनी गत शुक्रबार त्यहाँ पुगेकी हुन् ।

प्रतियोगितामा शिर्ष उपाधिका लागि ४० देशको सुन्दरीसँग उनले प्रतिस्पर्धा गरिरहेकी छन् । कोरोनाको तेस्रो लहरका कारण यस अगाडि स्थगित भएको प्रतियोगिताको अन्तिम स्पर्धा नेपाली समय अनुसार बिहिबार बिहान आयोजना हुँदैछ ।

हेड टु हेड च्यालेन्जमा विजयी हुँदै अन्तिम ३० भित्र समेत छानिएकी उनी ब्युटी विथ पर्पमाको उत्कृष्ट १० भित्र समेत पर्न सफल भएकी छन् । यी दुवैमा सफलताले मिलेको कारण उनले उपाधि जित्न सक्ने अनुमान अहिले गरिएको छ ।
प्रतियोगितामा सहभागीको लागि अमेरिका उड्ने क्रममा  त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उनले जितको अठोटका साथ आफु ‘मिस वर्ल्ड’मा सहभागी हुन लागेको बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप