बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कविताले जितिन् मिसेस् नेपाल आइडल

बुधबार, ०२ चैत २०७८, २० : ०७
बुधबार, ०२ चैत २०७८

मिसेस् नेपाल आइडलको २०२२ को उपाधि कविता राईले जितेकी छन् । हिमालयन मुभिजद्धारा आयोजित र राजधानीमा सम्पन्न प्रतियोगितामा करुणा शाह फस्ट रनरअप र साया राई सेकेन्ड रनरअप घोषित भए ।

विवाहित महिलाको क्षमता र प्रतिभा निखार्ने उदेश्यले आयोजित अभिनेत्री सञ्चिता लुइटेल, अभिनेता यसराज गराच, मोडल तेजुला खतिवडा, फेसन डिजाइनर सुनिता चौलागाई र भिष्मा नेम्वाङ निर्णायक रहेको प्रतियोगितामा आधा दर्जनबढी सवटाइटल समेत बाँडिएको थियो ।

हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगिता अभिनेता तथा मोडल दिक्पाल कार्कीले संचालन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप