राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’
बुधबार, ०२ चैत २०७८, २३ : ११

राप्रपा नेपालले पार्टीको चुनाव चिन्ह तीर बनाएको छ । पार्टी अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह ‘तीर’ सार्वजनिक गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत पार्टीको चुनाव चिन्ह ‘तीर’ सार्वजनिक गरेका हुन् । चुनाव चिन्ह सार्वजनिक गर्दै अध्यक्ष थापाले लेखेका छन्, ‘राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’, सनातन संस्कृति एवं पौराणिक मान्यतामा ‘तीर’लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतीक मानिन्छ । अहिले हामीलाई चाहिएको त्यहि हो । ‘तीर’मा प्राप्त हुने प्रत्येक मत सकारात्मक परिवर्तनको आधार हुनेछ ।’
राप्रपा नेपालको केन्द्रीय पदाधिकारी तथा जिल्ला अध्यक्षहरूको बैठकले पार्टीको चुनाव चिन्ह ‘तीर’ तय गरेको हो । बैठकले संगठन निर्माण र स्थानीय चुनावलाई उच्च प्राथमिकता दिने निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बजेट कार्यान्वयन कमजोर हुँदा अर्थतन्त्रमा गम्भीर असर’
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो