राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’
बुधबार, ०२ चैत २०७८, २३ : ११
राप्रपा नेपालले पार्टीको चुनाव चिन्ह तीर बनाएको छ । पार्टी अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह ‘तीर’ सार्वजनिक गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत पार्टीको चुनाव चिन्ह ‘तीर’ सार्वजनिक गरेका हुन् । चुनाव चिन्ह सार्वजनिक गर्दै अध्यक्ष थापाले लेखेका छन्, ‘राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’, सनातन संस्कृति एवं पौराणिक मान्यतामा ‘तीर’लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतीक मानिन्छ । अहिले हामीलाई चाहिएको त्यहि हो । ‘तीर’मा प्राप्त हुने प्रत्येक मत सकारात्मक परिवर्तनको आधार हुनेछ ।’
राप्रपा नेपालको केन्द्रीय पदाधिकारी तथा जिल्ला अध्यक्षहरूको बैठकले पार्टीको चुनाव चिन्ह ‘तीर’ तय गरेको हो । बैठकले संगठन निर्माण र स्थानीय चुनावलाई उच्च प्राथमिकता दिने निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण