आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रसुवा भन्सारमा फागुन महिनामा ६३.६१ प्रतिशत राजस्व संकलन

बुधबार, ०२ चैत २०७८, १९ : १३
बुधबार, ०२ चैत २०७८

रसुवा भन्सार कार्यालय टिमुरेले फागुन महिनामा लक्ष्यको ६३ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/०७९ को फागुन महिनामा राखेको लक्ष्यको ६३ दशमलव ६१ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।

रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार फागुन महिनामा कार्यालयले ५७ करोड ७१ लाख १५ हजार राजस्व संकलनको लक्ष्य राखेको थियो । तर, कार्यालयले ३६ करोड ७० लाख ९८ हजार मात्रै राजस्व संकलन गर्‍यो । जुन लक्ष्यको तुलनामा २१ करोड १७ हजार कम संकलन भएको हो । 

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप