आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरमा झर्‍यो

बुधबार, ०२ चैत २०७८, १८ : १४
बुधबार, ०२ चैत २०७८

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । अन्तर्राष्ट्रिय तेल बजारको जानकारी दिने ओयलप्राइस डटकमका अनुसार कच्चा तेलको मूल्य घट्न थालेको हो ।

ओयलप्राइसका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य ९९.६९ डलर प्रतिब्यारेल छ । यस्तै, वेस्ट टेक्सास इन्टरमेडियट (डब्लूटीआइ) कच्चा तेलको मूल्य ९६.६६ रुपैयाँ प्रति ब्यारेल छ । यसअघि, कच्चा तेलको मूल्य प्रति ब्यारेल १३० अमेरिकी डलरसम्म पुगेको थियो । रुसले छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला गरेपछि विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको थियो ।

अमेरिका र पश्चिमा गठबन्धनले रुसको पेट्रोलियम पदार्थमा प्रतिबन्ध लगाउने विषयमा छलफल गरेपछि विश्व बजारमा कच्चा तेलको मूल्य उछालिएको थियो । पश्चिमा गठबन्धनले प्रतिबन्ध लगाउने विषयमा छलफल गरेपछि रुसले कच्चा तेलको मूल्य प्रतिब्यारेल ३०० डलरसम्म पुग्ने चेतावनी दिएको थियो ।

लगाइएका अन्य प्रस्तावले रुसको अर्थतन्त्रलाई खासै फरक नपार्ने निष्कर्षसहित पश्चिमा गठबन्धनले यस्तो प्रस्ताव गरेका थिए । तर, गठबन्धनको प्रस्ताव युरोपियन युनियनमा आबद्ध राष्ट्रहरूले नै अस्वीकार गरेपछि पुनः अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ओरालो लाग्न थालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप