बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाममा चैत ३ र ४ गते मासु तथा मदिरा निषेध

बुधबार, ०२ चैत २०७८, १७ : ३८
बुधबार, ०२ चैत २०७८

जनकपुरधाममा दुई दिनसम्मका लागि मासु तथा मदिराको विक्री वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ । मिथिला मध्यमा परिक्रमाका क्रममा दुई दिनसम्म जनकपुरधाममा मासु तथा मदिराको विक्री वितरण र सेवनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालयले चैत ३ र चैत ४ गते सूर्योदयदेखि सूर्यास्तसम्मका लागि जनकपुरधाम क्षेत्रमा मासु तथा मदिरा बिक्रीवितरण तथा सेवन निषेधित गरेको जनाएको हो । चैत ३ मा परिक्रमावासीहरु जनकपुरधाम फर्कने र चैत ४ मा अन्तः गृह परिक्रमा हुने परम्परा छ ।

होली पर्व मनाउने नाममा जथाभावी रङ दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रङ लगाउने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्नेजस्ता कार्य नगर्न पनि धनुषा प्रशासनले सचेत गराएको छ । लागुऔषध, मदिरा, भाङ तथा अन्य उत्तेजक पदार्थ खाई सवारीसाधन चलाउन, हुलहुज्जत गर्न र चर्को स्वरमा बाजा बजाउन तथा डिजे सञ्चालन गर्न समेत प्रतिबन्ध लगाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाए ।

जिल्ला प्रशासनले जारी गरेको सूचना उल्लंघन गरेको पाइएमा प्रचलित कानुन अनुसार कारवाही गरिने चेतावनीसमेत दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप